Message from Hospital Director

यस प्रादेशिक अस्पताल जनकपुरधामको आधिकारिक वेबसाइटमा सम्पूर्ण आगन्तुक व्यक्तित्वहरुलाई हार्दिक स्वागत गर्दछु | मधेश आन्दोलन पछि देशमा संघिय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति पश्चात मिति २०७६/०६/१४ गते को मन्त्रिपरिषद्को निर्णयबाट अंचल अस्पतालको नाम परिवर्तन गरि प्रादेशिक अस्पताल जनकपुर नामकरण गरियो | झन्डै ६० लाख बढी जनसंख्या भएको यस प्रदेशमा यो एक मात्र प्रादेशिक अस्पताल हो | विभिन्न गाउँ, सहरबाट अति निम्न, निम्न एवं मध्यम बर्गीय बिरामीहरु गुणस्तरीय स्वास्थ्य उपचारका लागि यस जनक नगरी जनकपुरधाममा आउने गर्छन | संसारमा सबै भन्दा जरुरी चिज भनेको मानव स्वास्थ्य हो | मधेशमा स्वास्थ्य निकै ठुलो समस्याको रुपमा देखा परेको छ | पर्सनल हाइजीनको अभाव र सरसफाइको कमीले गर्दा थुप्रै समस्याहरु आउने गर्छन | स्वास्थ्य जस्तो अत्यावश्यक सेवालाई चुस्त एवं दुरुस्त बनाउदै गुणस्तर सेवा प्रदान गर्नका लागि यस अस्पतालको हरेक कर्मचारी प्रतिबद्ध छ | मेरो कार्यकालमा थपिएको तथा सुरु भएका सेवा/सुविधाहरु : निशुल्क मेडिसिन वितरण कक्ष, Tele Medicine, Modular OT, Indoor OPD of Cancer, Laproscopic Surgery, Urology, Forensic Department
image

Dr. Pramod Kumar Yadav

Senior Consultant Pediatrician

Hospital Director