प्रादेशिक अस्पतालमा आन्द्राको जोखिमपूर्ण शल्यक्रिया सफल

image
  09 Nov 2021

प्रादेशिक अस्पताल जनकपुरको स्थापना काल देखि अहिले सम्म नभएको अप्रेशन अब हाम्रो अस्पताल मा हुन थाल्दा सर्व साधारण को लागि सारै खुशी को कुरा हो । हालै दुई दिन अगाडि एकजना बिरामी ५५ वर्षिय राम सेवक यादव,लक्षमिनिया निवासी लाई पेट को समस्या भई अस्पताल आउनु भएको थियो। पछि सबै जाँच हुँदा त वाहा को (Small Intestine Volvulus With Citus Inversus Totallis) आन्द्रा पल्टिएको रहेछ र पेट भित्र पानी रहेछ । आन्द्रा पनि सड्न लागेको थियो अनि इमरजेन्सी अप्रेशन मेडिकल सुपरिटेण्डेन्ट ल्याप्रोस्कोपी सर्जन डा.प्रमोद यादव,सर्जन डा. गणि आलम एनेस्थेसिया का डा.सञ्जय यादव र वहाँ का संपूर्ण ओटी टीम सहित साढे तीन घण्टा लगाएर सफल अप्रेशन गर्नु भएको मा सम्पूर्ण टीम लाई बधाई छ ।